बालिकालाई अनैतिक कार्य गरेको आरोपमा वृद्ध पक्राउ

वीरगंज, ८ चैत । इलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एकजना वृद्धलाई पक्राउ गरेको जनाएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरका ७० वर्षीय लकिचन्द साह कलवारलाई शनिवार राति उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
कलवारलाई हिरासतमा राखी र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जनाएका छन् ।
सम्बन्धित पोस्टहरुः