वीरगंज, ८ चैत । पर्सा–२ बाट नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले आइतवार निर्वाचन कार्यालय पर्सामा ९ लाख १४ हजार ८३४ रुपियाँ ९८ पैसा खर्च भएको विवरण बुझाएकी छन् ।
चुनाव खर्चको विवरणमा सबैभन्दा बढी खर्च गोष्ठी, अन्तरक्रिया र घरदैलो कार्यक्रममा खाजा–नास्तामा ३ लाख ९९ हजार ४०० रुपियाँँ भएको छ। इन्धनमा २ लाख ४० हजार ८६२ रुपियाँँ ९९ पैसा र सवारी साधनको भाडामा १ लाख ८० हजार रुपियाँँ खर्च भएको उल्लेख छ। त्यस्तै, प्रचार–प्रसारमा ७० हजार ९२ रुपियाँँ ४९ पैसा, विविध खर्चमा १९ हजार ४८० रुपियाँँ र मनोनयन दर्तामा ५ हजार रुपियाँँ खर्च भएको जानकारी दिइएको छ।
रास्वपाका सुशीलकुमार कानुबाट पराजित भएकी एमाले उम्मेदवार यादवले भने ११ हजार ६०५ मत प्राप्त गरेकी थिइन् ।









