वीरगंजमा डा. महावीर पुनको पुस्तक बिक्री कार्यक्रम, सहयोगका लागि आहवान

वीरगंज, ८ चैत । डा. महावीर पुनको पुस्तक बिक्री कार्यक्रम चैत ९ गते बिहान ८ बजे देखि ११ बजे सम्म वीरगंजको घण्टाघरमा आयोजना गरिने भएको छ।

वीरगंजस्थित कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउन सहयोग जुटाउने लक्ष्य अनुरुप उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

वीरगंजका सामाजिक अभियन्ता रणधीर वर्णवालले फेसबुक पोस्टमार्फत सम्पूर्ण इच्छुक महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई पुस्तक खरिद गरेर सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् साथै नव–निर्वाचित प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. महावीर पुनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्टहरुः