आज चैती छठको दोस्रो दिन व्रतालु खरनाको तयारीमा

वीरगंज , – ९ फागुन –

श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदैछ। हिजो आईतवार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज सोमबार खरना विधिको तयारीमा जुटेका हुन्।

ब्रतालुहरु आज दिनभर उपबास बसी साझ माटोको चुल्होमा दुध सखर र आर्वा चामलको खिर पकाई छठीमा संगै कुलदेवता चढाएपछी ब्रतालु र परिवारका अन्य सदस्य प्रसादको रुपमा खाने गर्छन जसलाई सरियाव रोटि भनिन्छ ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन मंगलबार पर्ने षष्ठी तिथिलाई मुख्य दिन मानिन्छ, जसलाई ‘सँझीया घाटे’ पनि भनिन्छ। यो दिन व्रतालु महिलाहरू नदी, पोखरी, तलाउ लगायतका जलाशयमा बनाइएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिने चलन रहेको छ।

सूर्य भगवान र छठी मातालाई अर्घ दिन गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा विशेष प्रसादका रूपमा तयार गरिन्छ। साथै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, उखु लगायतका फलफूल अर्घका रूपमा चढाइन्छ।

छठ पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन बुधबार बिहान व्रतालुहरूले पुनः छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा समापन हुने गर्दछ।

सम्बन्धित पोस्टहरुः