वीरगंज आएका महावीर पुन कति किताब विक्री गरे

वीरगंज ,९ फागुन –

सांसद महावीर पुनद्वारा आफ्नो आत्मकथा पुस्तक बिक्री, कृषि औजार कारखानालाई सहयोग

गत फागुन २१ गते म्याग्दी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले आफ्नो आत्मकथा पुस्तक बिक्री गर्दै वीरगंजमा अभियान जारी राखेका छन्। बिहान ८ बजेदेखि ११ बजेसम्म घण्टाघर चोकमा आयोजित बिक्री कार्यक्रममा उनले ६० वटा किताब बिक्री गरी करिब ४५ हजार रुपैयाँ संकलन गरेका छन्।

सांसद पुनले घण्टाघर टिभीसँगको कुराकानीमा बताएअनुसार उनी देशका ७७ वटै जिल्लामा पुगेर ५२६ दिनसम्म लगातार किताब बिक्री अभियानमा रहेका छन्। उनले हाल १७औं संस्करणको किताब छपाइमा रहेको जानकारी दिएका छन्।

किताब बिक्रीबाट प्राप्त रकमबाट पुनले वीरगंजको कृषि औजार कारखाना सञ्चालन गर्दै किसानका लागि विभिन्न कृषि उपकरण उत्पादन गराइरहेका छन्। उनले बताएअनुसार उत्पादित औजारहरू अहिले बजारमा बिक्री भइरहेको छ। सांसद पुनले अढाई वर्षदेखि आफ्नो आत्मकथा पुस्तक बिक्री अभियान निरन्तर जारी राखेको पनि बताएका छन्।

सम्बन्धित पोस्टहरुः