search

spot_img
spot_img

नमस्ते एग्रोले ५० करोडमा लगायो आधुनिक दालको मल्टी प्लान्ट,लगानी डेढ अर्ब पुग्यो

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज
वीरगंजबाट करिब २२ किलोमिटर उत्तर–पश्चिम बडनिहारमा एक वर्षदेखि एउटा दाल मिल सञ्चालनमा छ । नमस्ते एग्रो इण्डिष्ट्रिज प्रालि नामक सो उद्योग खद्यान्नमा केन्द्रित पर्साको उत्तरी ग्रामिण भेगको सम्भवतः पहिलो उद्योग हो । पर्सागढि नगरपालिका–३ स्थित सञ्चालित उद्योग विभिन्न किसिमको दाल उत्पादन गर्दै आएको छ । गतवर्ष असार २८ गतेदेखि उत्पादन थालेको सो उद्योगले एक वर्ष पुरा गरेको अवसरमा अर्को प्लान्ट सञ्चालनमा ल्याएको छ ।
बजारमा दालको मागलाई धान्न नसकेर अर्को ‘मल्टी दाल प्लान्ट’ जडान गरी क्षमता विस्तार गरेको हो । पहिले दिनको तीन सिफ्ट कम्पनी चलाएर तीन गाडी दाल उत्पादन हुन्थ्यो भने अब अर्को प्लान्ट सञ्चालनमा आएपछि दिनकै ५ गाडी दाल उत्पादन भइरहेको उद्योगका अध्यक्ष भरतबहादुर चलाउनेले बताए । ‘बजारको मागलाई धान्न गाह्रो भएको थियो,त्यसैले ५० करोड लागनी थपेर जर्मनीको सटाके र केही भारतीय प्रविधि समायोजन गर्दै नयाँ मल्टी प्लान्ट लगाएको छौं,अब बजारको केही मागलाई हदसम्म धान्छौं,’उनले भने,‘एक गाडीमा करिब २१ हजार किलो दाल लोड हुन्छ अर्थात अब दिनको ५ गाडी दाल उत्पादन भयो भने दिनमै एक सय ५ टन दाल उत्पादन हुन्छ,त्यो भनेको १ लाख ५ हजार किलो हो ।’
बाराको जीतपुरभन्दा करिब ८ किलोमिटर टाढा पश्चिममा पर्छ । जसले गर्दा मधेशका जिल्ला र काठमाडौ,पोखरासम्मका बजारमा पु¥याउन उत्पादित दाल समस्या छैन । दुई वटा दाल प्लान्ट सञ्चालनमा आएपछि आलोपालो गरी पहिले दाल उत्पादन हुन्थ्यो भने अब एउटै समयमा दुई प्रकारको दालको उत्पादन गर्न सकिन्छ । उद्योगले मसुर,रहर,मुग खोस्ता,मुंग छाटा,चना दाल गरी ५ पं्रकारको दाल उत्पादन गर्ने गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका निराजनबहादुर चलाउनेका अनुसार प्रथम प्लान्टले २० घण्टामा ७५ टन कच्चापदार्थलाई प्रशोधन गरी ६५ टन दाल उत्पादन गर्छ भने दोस्रो दाल प्लान्टले सोही समयमा ५० टन कच्चापदार्थबाट ४५ टन दाल उत्पादन गर्ने क्षमताको रहेको जनाइएको छ ।
दोस्रो प्लान्ट थपिएपछि कम्पनीको लगानी करिब डेढ अर्ब नाघेको छ । १० विघा जग्गामा हाल ५ विघामा दाल प्लान्ट सञ्चालनमा छ भने पिठो उद्योगको लागि भौतिक संरचना निर्माण गरिदै छ । दाल प्लान्ट सञ्चालनमा रहेको ५ विघाकै उत्तरपट्टि करिब १ विघामा पिठो मिल स्थापना भइरहेको हो । उक्त प्लान्ट पनि अगामि दशैदेखि सञ्चालनमा ल्याउने किसिमले काम भइरहेको बताइएको छ । पिठो उद्योगको काम पनि ८० प्रतिशत सकिसकेको र दशैमा अनार ब्रान्डकै पिठो बजारमा ल्याउने ्लक्ष्य रहेको कम्पनीका अध्यक्ष चलाउने बताउँछन् । एक वर्ष अघि जग्गा र भौतिक संरचना गरी एक अर्ब लगानी लागेको थियो अहिले सो उद्योगमा हाल ५० अर्ब थपेर लगानी विस्तार गरिएको हो ।

अष्ट्रेलिया,क्यानाडा,अर्जेन्टिना,तान्जेनिया,ब्राजिललगायत देशबाट ९० प्रतिशत कच्चा पदार्थ आयात गर्ने उक्त उद्योगले रौतहटको गौरबाट स्वदेशी १० प्रतिशत कच्चापदार्थको आपुर्ती नेपालबाटै गरी दाल उत्पादन गर्छ । हाल काठमाडौं,पोखरा,वीरगंजका बजारमा कारोबार गरिरहेको कम्पनीले निकट भविष्यमा सेल्स डिपो प्वान्ट(सिडिपि) मोडेलबाट पहिलेका शहरसंगै नेपालगंज,विराटनगर,भैरहवालगायत प्रमुख शहरबाट कारोबार गर्ने लक्ष्य राखेको छ । आधुनिक प्रविधियुक्त केमिकलरहित उत्पादन भएकोले नेपालको कुल खपतको करिब १० प्रतिशत दालको बजार ओगटने कम्पनीको योजना रहेको व्यवस्थापन टिमको दावी छ ।
हाल नेपालमा वर्षमा करिब ४ लाख ५० हजार टन दालको खपत हुने गरेकोमा नमस्ते एग्रो इण्डष्ट्रिज प्रालिले वर्षमा करिब ३८ हजार टनभन्दा बढि दाल उत्पादन गर्ने किसिमले आक्रामक उत्पादन र बजारीकरणको राणनीति लिइएको बताइएको छ । नेपालमा दाल मिलमा हाल ३० अर्बभन्दा बढिको लागनी रहेको व्यवसायीहरुले बताएका छन् । २५ वटा दाल उद्योग सञ्चालन रहेको नेपालमा सरकारी नीतिकै कारण नेपालमा दाल उद्योगलाई संरक्षण र प्रवबद्र्धन गर्न नसकिएको आरोप लाग्ने गरेको छ । व्यवसायीले फिनिस्ड दालमा भन्सार महसुल ९ प्रतिशत रहेको र दाल उत्पादन गर्न करौडौ खर्च गरी उद्योग स्थापना गर्ने उद्योगले कच्चापदार्थ आयात गर्दा भन्सार महसुल १० प्रतिशत तिनृुपर्ने नियम ठिक नभएको जिकिर गर्छन् । यसलाई सच्चाएर अघि बढन नेपाल सरकारलाई व्यवसायीले अपिलसमेत गरेका छन् । साथै,नेपालबाट पहिलेझै बंगलादेश दाल निकासी गर्न दाल निकासीमा २ वर्षअघि दिदै आएको अनुदानलाई समेत निरन्तरता दिनु पर्ने उनीहरुको जोड छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads