चैती छठको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ दिदैं

वीरगंज , १० फागुन –

श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठको आज मुख्य दिन ब्रतालुले साझ अस्ताउदै गरेको सुर्यलाई अर्घ दिदैछन । आईतबार नुहाए खाए विधिबाट सुरु भएको छाठ हिजो सोमबार ब्रताउलुले खरना विधि सम्पन्न गरेका छन । आज मंगलबार ब्रतालुहरुले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा बनाइएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिन्छन जसलाई सझिया घाटे भनिन्छ ।

सूर्य भगवान र छठी मातालाई अर्घ दिन गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा विशेष प्रसादका रूपमा तयार गरिएको छ । साथै मुला, गाजर, पात सहितको अदुवा , निम्बु , पानिसहितको नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, उखु लगायतका फलफूल अर्घका रूपमा चढाइन्छ ।

यसैगरी भोलि छठ पर्वको अन्तिम दिन बुधबार बिहान व्रतालुहरूले पुनः छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा समापन हुने गर्दछ ।

सम्बन्धित पोस्टहरुः