वीरगंज, ९ फागुन –
पर्सा क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य ले आगामी चैत १९ गतेदेखि सन्चालन हुने एसईई परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई रु ५१ हजार १ सय ११ नगद पुरस्कार दिने घोषणा गरेका छन्।
शाक्यले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाबाट प्रथम हुने विद्यार्थीलाई रु २१ हजार १ सय ११ नगद प्रोत्साहन प्रदान गरिने समेत जानकारी दिए। कार्यक्रममा बोल्दै सांसद शाक्यले विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षा दिन हौसला प्रदान गर्दै पठनपाठनमा कुनै समस्या आए आफूलाई जानकारी गराउन आग्रह गरेका छन्।
ठोरी गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागितामा सम्पन्न कार्यक्रममा समाजसेवी, विद्यालय प्राध्यापक र अन्य सरोकारवालाले शुभकामना दिएका थिए।







