search

spot_img
spot_img

मिना बजारका पसले आन्दोलित,पसल बन्द

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजको मिना बजारका तरकारी पसले आन्दोलित भएका छन् । वीरगंज महानगरले अगामि आव २०८०÷०८१ को लागि लगाएको मिना बजारको ठेक्का महगो मूल्यमा लगाउँदा मासिक थप आर्थिक भार बढने चिन्ताले मिना बजारमा तरकारी तथा फलफुल व्यवसाय गर्ने व्यवसायीहरु आन्दोलित भएका हुन् ।उनीहरुले ठेक्का रकम संशोधन गरी ठेक्का लागनउ माग गरेका छन् । वीरगंज तरकारी तथा फलफूल व्यवसायी संघमा आबद्ध सम्पूर्ण पसले विरोधमा उत्रेका छन् ।
उनीहरुले आज पसल बन्द गरी महानगरपालिकाको अगाडि शान्तिपूर्बक धर्ना समेत दिएका थिए । तर महानगरबाट ठेक्का रद्द गर्ने वा ठेक्का रकम घटाउने कुनै प्रतिबद्धता नआउँदा आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको संघका उपाध्यक्ष दुर्गा साह कानुले बताए । मिना बजारमा खुद्रा र थोक गरी कुल एक सय ५० तरकारी व्यवसायी आबद्ध छन् । माछा मासु व्यवसायीहरुको संस्था छुटै रहेको छ । २०७९०८० मा मिना बजारको ठेक्का तीन वर्षको लागि रु ३ करोड ९६ लाखमा लागेको थियो । असार ३१ गते स्वीकृत भएको टेण्डर अनुसार आगमि तीन वर्षको लागि ४ करोड ५५ लाख ५५ हजारमा वीरगंज १२ मुर्लीका अरविन्दप्रसाद कलवारले ठेक्का पाएको तरकारी व्यवसायीले जनाएका छन् । चालु आवमा बजारको भित्रि सटरले मासिक १५ हजार र बाहिरी सटरले रु ३५ देखि ५० हजार सम्म भाडा तिर्थे भने हाल सो भाडा पनि बढने व्यवसायीको अनुमान छ । त्यसैले उनीहरुले भाडा घटाउन माग राख्दै आन्दोलन थालेका हुन् । मिना बजारमा पहिले प्रति टोकरीको रु २५ रुपैया लिने गरेकोमा हाल रु सय लिइन्छ,ठेक्का महगोमा लागेपछि सो रकम पनि बढने अनुमान छ । महानगरका एक जना अधिकारीका अनुसार मिना बजार वीरगंजको आन्तरिक आम्दानीको स्रोत भएको राजस्व मारेर ठेक्का कममा लगाउन नमिल्ने बताएका छन् । जति महगोमा ठेक्का लाग्यो त्यो आखिर वीरगंजकै विकासमा खर्च हुने ती अधिकारीले बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads