नेप्से लगातार पाँचौँ दिन बढ्दा ८ महिनायता उच्च विन्दुमा पुगे

वीरगंज , १० चैत्र –

शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ। आज नेप्से परिसूचक २३.८३ अंकले उकालो लागेर २,९६०.४० विन्दुमा पुगेको छ। यसले बजारलाई ८ महिनायता उच्च विन्दुमा पुर्‍याएको हो।

आज होटल–पर्यटन, बीमा, माइक्रोफाइनान्स बाहेक अन्य सबै समूहको शेयर बढेको छ। विशेषगरी व्यापार समूहको शेयर ९.१२ प्रतिशतले उकालो लागेको छ।

आज १३६ कम्पनीको शेयर बढेको छ भने ११७ को घटेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ। फर्स्ट माइक्रोफाइनान्सको शेयर भने ६.५ प्रतिशतले घटेको छ।

यद्यपि बजार बढे पनि आजको कारोबार रकम घटेको छ। हिजो १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४१ कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर १४ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन्।

सम्बन्धित पोस्टहरुः