वीरगंजबाट काठमाण्डौ जाँदै गरेको ट्रक दुर्घटना : १ को मृत्यु, १ गम्भीर घाइते

वीरगंज , ११ फागुन –

हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधबार बिहान वीरगंजबाट काठमाडौं जाँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्ज–३ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो भने ३३ वर्षीय ट्रक चालक कृष्ण गम्भीर घाइते भएका छन्।

ना८ख ८७६० नम्बरको मालबाहक ट्रक बिहान करिब ३ बजे दुर्घटना भएको थियो।

सम्बन्धित पोस्टहरुः