आयुष कुशवाहा घटनामा पक्राउ परेका शिक्षक रिहा

वीरगंज, ११ चैत –

सुखचैनास्थित गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमेश मिश्र र व्यवस्थापन समिति सदस्य रामविनेश यादवलाई पर्सा प्रहरीले रिहा गरेको छ ।

उक्त विद्यालयमा अध्यनरत छात्र आयुष कुशवाहा कक्षाकोठामा अचेत भएपछी उपचारको क्रममा उनको मृत्यु भएको थियो । त्यही घटनामा आवश्यक अनुसन्धान गर्नको लागी प्रधानाध्यापक मिश्र र व्यवस्थापन समितिका सदस्य यादवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएका थिए ।

तर उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कुनै किसीमको स्पष्ट प्रमाण नदेखिएले रिहा गरिएको पर्रसा प्रहरीले जनाएको छ । यसअधि नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले विज्ञप्ति जारि गर्दै निष्पक्ष सनुसन्धानको माग गरेका थिए भने स्थानीय प्रशासनसंग लबिङ पनि गरेका थिए ।

प्रहरीले घटनाको अनुसधान जारि राखेको समेत जनाएको छ ।

सम्बन्धित पोस्टहरुः