वीरगंज , १३ फागुन–
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको खेल तालिका भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको छ। उद्घाटन खेल भोलि (मार्च २८) रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा आयोजना हुनेछ।
दोस्रो चरण अन्तर्गत ५० खेलहरू भारतका १२ शहरमा अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म सञ्चालन हुनेछन्। प्रारम्भिक २० खेल १० वटा मैदानमा सम्पन्न भएपछि बाँकी ५० खेलका लागि तालिका सार्वजनिक गरिएको बीसीसीआईले जनाएको छ।
यी ५० खेलहरू बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढमा हुनेछ। दिउँसोका खेल नेपाली समयअनुसार पौने ४ बजे र बेलुकीका खेल पौने ८ बजे सुरु हुनेछन्।








