वीरगंज , १३ चैत्र –
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै देश जेन–जी जनादेशअनुसार अघि बढ्ने स्पष्ट पारेका छन्। शुक्रबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनले गलत काम गर्ने कसैलाई छुट नदिने चेतावनी दिँदै हरेक जिल्ला प्रशासन कार्यालयमा अब एकद्वार प्रणालीबाट मात्र सेवा उपलब्ध गराइने व्यवस्था हुने बताए।
गृहमन्त्री गुरुङले भ्रष्टाचार र घुसखोरी रोक्न नागरिकहरूलाई सिधै खबर गर्न आग्रह गर्दै प्रहरीलाई नियमअनुसार काम गर्न निर्देशन दिएका छन्। साथै सञ्चारमाध्यमलाई जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न, टीआरपीको लोभमा कसैको चरित्र हत्या नगर्न सचेत रहन निर्देशन दिए।
उनले नागरिकका गुनासाहरू सिधै मन्त्रालयसम्म पुग्ने व्यवस्था सुनिश्चित हुने र आगामी पाँच वर्ष सुशासनमा पूर्ण समर्पित भएर काम गरी छिट्टै ठोस नतिजा देखाउने प्रतिबद्धता व्यक्त गरे।








