प्रधानमन्त्री शाहलाइ भारतीय र पाकिस्तानी समकक्षीकाे बधाई

वीरगंज , १३ फागुन

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी शहबाज शरिफले बधाई दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शाहलाई बधाई दिँदै नेपाल–भारतबीचको मित्रता र सहकार्य दुवै देशका नागरिकको हितमा अझ सुदृढ बनाउने आशा व्यक्त गरेका छन्। त्यस्तै पाकिस्तानका प्रधानमन्त्री शरिफले पनि सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहलाई नेपालका पूर्वप्रधानमन्त्रीहरू, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, कांग्रेस सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

सम्बन्धित पोस्टहरुः