वीरगंज, १४ चैत्र –
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको छ। उनी पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पक्राउ गर्न प्रहरी पुगेको हो।
यो कार्य गौरीबहादुर कार्की नेतृत्वको आयोगको जेन–जी आन्दोलन दमनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि गरिएको बताइएको छ।
प्रहरीले अनुसन्धान अघि बढाउन गृह मन्त्रालयमार्फत लिखित आदेश मागेपछि गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना प्रहरी प्रधान कार्यालय पुगेका थिए।
सुरक्षा व्यवस्था उपत्यकामा कडा पारिएको छ भने, गृहमन्त्री सुधन गुरुङले मध्यरातसम्म सुरक्षा प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका थिए।









