वीरगंज, १४ चैत्र –
देशमा विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै मधेस प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरीलाई हाई अलर्टमा बस्न निर्देशन दिएको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाका अनुसार शनिबार बिहानदेखि लागू हुने गरी हाई अलर्ट सर्कुलर जारी गरिएको छ। सुरक्षा चुनौती बढ्न सक्ने भन्दै सबै गतिविधि सूक्ष्म रूपमा निगरानी गर्न निर्देशन दिइएको उनले बताए।
यससँगै जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको प्रहरीले जनाएको छ।









