माइतीघर क्षेत्रमा सुरक्षा पूर्वव्यवस्था कडा : ढुंगा टिप्दै प्रहरी

वीरगंज, १६ चैत्र –

नेपाल प्रहरीले काठमाडौंको माइतीघर आसपासका सडक र सडकपेटीमा रहेका ढुंगा तथा इँटा हटाउन थालेको छ। प्रहरीले यी सामग्री उठाएर प्रहरी भ्यानमा राखिरहेको छ।

बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दिउँसो ३ बजेदेखि उनका जनवर्गीय संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। सम्भावित झडप र सुरक्षाका चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले अग्रिम तयारीको रूपमा ढुंगा–इँटा हटाएको बताइएको छ।

सम्बन्धित पोस्टहरुः