एमालेका पूर्वसभासद मल्ल बलात्कार आरोपमा पक्राउ

वीरगंज, १४ चैत्र –

नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट प्रहरीले नियन्त्रणमा लिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

उनीमाथि फागुन ५ गते बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। उजुरीको आधारमा कानुनी प्रक्रिया अघि बढाउँदै मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः