ओली पक्राउको विरोधमा देशभर एमालेको प्रदर्शन

वीरगंज, १६ चैत्र –

नेकपा एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा देशभर प्रदर्शन गरेको छ। एमालेका नेता तथा कार्यकर्ताहरू देशका अधिकांश प्रमुख सहरहरूमा सडकमा उत्रिएर विरोध जनाएका हुन्।

पार्टीका विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरूको आह्वानमा काठमाडौंदेखि हेटौंडा, वीरगंज, पोखरा, बिराटनगर लगायतका सहरहरूमा प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले ओलीको तत्काल रिहाइ, निष्पक्ष कानुनी प्रक्रिया र राजनीतिक प्रतिशोध अन्त्य गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध नारावाजी गर्दै गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेका छन्।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धानका लागि ओलीसहित पूर्वगृहमन्त्रीलाई पक्राउ गरेपछि एमालेले देशव्यापी आन्दोलनको कार्यक्रम अघि बढाएको हो। विभिन्न स्थानमा प्रदर्शनका कारण सुरक्षा सतर्कता पनि बढाइएको छ।

सम्बन्धित पोस्टहरुः