सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्व ऊर्जामन्त्री खड्का पक्राउ

वीरगंज, १५ चैत्र –

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएको आरोपमा अनुसन्धानको दायरामा परेका हुन्।

साथै, जेनजी आन्दोलनका बेला उनको निवासमा भएको आगजनीपछि ठूलो परिमाणमा नगद उडेको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि उक्त विषयमा समेत छानबिन भइरहेको बताइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार पूर्वमन्त्री खड्कामाथि सम्पत्ति स्रोत, लेनदेन र विवादित सम्पत्तिसम्बन्धी कागजातको आधारमा विस्तृत अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित पोस्टहरुः