आमाको नामबाट नागरिकता सजिलै पाईने : पर्सामा एउटै कोठाबाट सेवा सुरु

वीरगंज , १५ चैत्र –

पर्सा नागरिकता कार्यालयमा आमाको नामबाट नागरिकता बनाउने नयाँ नियम लागू भएपछि सेवाग्राहीहरूको अनुभव अझै सहज बनेको छ। पहिले नागरिकता बनाउनका लागि फाइल लिएर कार्यालयका विभिन्न कोठा घुम्नु पर्थ्यो, तर अब सबै प्रक्रिया एउटै कोठाबाट सम्पन्न हुने व्यवस्था गरिएको छ।

नागरिकता सम्बन्धी फाइल जाँच, रुजु, प्रमाणिकरण र वितरण सबै काम एउटै स्थानबाट हुने भएपछि सेवाग्राहीहरू द्रुत र सरल सेवाप्रवाहबाट खुसी भएका छन्। विशेषगरी आमाको नामबाट नागरिकता बनाउने काम अहिले छरितो भइसकेको छ, जसले आमाबुवा दुवैका लागि सहज वातावरण सिर्जना गरेको छ।

स्थानिय प्रशासनका अनुसार, यस नयाँ प्रणालीले समय बचत र कामकाजमा पारदर्शिता बढाएको छ। भविष्यमा अन्य प्रशासनिक सेवा क्षेत्रमा पनि यस्तै सुधार लागू हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः