वीरगंजको मशाल जुलुसमा प्रहरीको हस्तक्षेप

वीरगंज, १६ चैत । नेकपा एमाले पर्साको १४ वटै पालिकामा केन्द्रीय कार्यक्रम अन्तर्गत मशाल जुलुस निकालेको छ ।

सोही क्रममा पर्साको सदरमुकाम वीरगंजमा पनि मशाल जुलुस निकालिएको एमाले मधेश प्रदेश उपाध्यक्ष्F विचारी यादवले जानकारी गराए ।

नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै मशाल जुलुस देशभरि निकालेर विरोध प्रदर्शन गरिएको उनले बताए ।

उनको पक्राउ विधिसम्मत नदेखिएकोले एमालेका सम्पूर्ण नेता, कार्यकर्ताहरुले सडकबाट विरोध गरिराखेको जानकारी गराउँदै अविलम्ब रिहाइको माग समेत गरे ।

वीरगंजको मशाल जुलुस चारवटा समूहका एमालेका युवा नेताहरुको सहभागिता थियो । लिंकरोड, पानमन्डी, माईस्थान र घण्टाघरलगायत चारवटा ठाउँबाट नेता, कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो संख्यामा तैनाथ घण्टाघरमा सुरक्ष्Fाकर्मीहरुले मशाल निभाएका थिए । त्यसपछि नेता, कार्यकर्ताहरुको कोणसभाको आयोजना गरेका थिए । कोणसभामा सहभागी नेताहरुले मशाल जुलुसमा सहभागी भएका नेता, कार्यकर्ताहरुलार्य धन्यवाद दिएका थिए ।

यसैगरी पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँँपालिका वडा नं. २ स्थित पञ्चगावा बजारमा नेकपा (एमाले) कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन।

नेकपा (एमाले) सखुवाप्रसौनी गाउँ इकाईका अध्यक्ष शिवनारायण चौधरी थारूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कार्यकर्ताहरूले सडकमा टायर बाल्दै प्रदर्शन गरेका थिए। उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको विषयप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन।

प्रदर्शनका क्रममा सहभागीहरूले भदौ २४ गते भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्न समेत माग गरेका थिए। स्थानीय कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका थिए। कार्यक्रममा वडा नं. १ का अध्यक्ष बासु महतो थारू, वडा नं. ४ का अध्यक्ष मोमोदारिफ अन्सारी, साथै गौरी यादव, बलवन्त यादव, ग्यानेन्द्र चौधरी, अनिरूद्ध पटेल लगायतको उपस्थिति रहेको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन।

सम्बन्धित पोस्टहरुः