वीरगंज ,१७ चैत्र –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ले चेन्नई सुपर किङ्स लाई ८ विकेटले हराएको छ।
गएराति भएको खेलमा चेन्नईले दिएको १२८ रनको सामान्य लक्ष्य राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो। राजस्थानका वैभव सूर्यवंशीले ५२ रन बनाए भने यशस्वी जयसवाल ३८ रनमा अविजित रहे।
चेन्नईका अंशुल कम्बोजले २ विकेट लिए। त्यसअघि गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई १९ ओभर ४ बलमा १२७ रनमा अलआउट भएको थियो। चेन्नईका जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए।
राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २–२ विकेट लिएका थिए। शनिबारदेखि शुरू भएको आईपीएलको १९औँ संस्करणमा १० टोली सहभागी रहेका छन्।








