रक्सौल, १७ चैत । भारत, रक्सौल प्रहरीले ठूलो परिमाणमा नशालु इन्जेक्सनसहित दुईजना नेपाली तस्करलाई पक्राउ गरेको छ ।
बरामद गरिएका इन्जेक्सनहरूमा Promethazine Hydrochloride, Diazepam, Buprenorphine जस्ता औषधिहरू रहेका छन्, जसको अवैध रूपमा नशाको रूपमा प्रयोग हुँदै आएको छ। यी औषधिहरूको दुरूपयोगले युवाहरूमा लत, मानसिक समस्या तथा शारीरिक कमजोरी जस्ता गम्भीर असर पार्ने चिकित्सकहरूले बताएका छन।
प्रहरी अधीक्षक (एसपी) हेमन्त कुमार सिंहको निर्देशनमा गरिएको कारबाहीमा रक्सौल थाना क्षेत्रअन्तर्गत कौडीहर चौकबाट २,२८५ थान नशालु इन्जेक्सनसहित अबजाल मियाँ र हेमन्त नारायण महतोलाई पक्राउ गरिएको छ ।
बरामद गरिएका इन्जेक्सनहरूमा Promethazine Hydrochloride, Diazepam, Buprenorphine जस्ता औषधिहरू रहेका छन्, जसको अवैध रूपमा नशाको रूपमा प्रयोग हुँदै आएको छ। यी औषधिहरूको दुरूपयोगले युवाहरूमा लत, मानसिक समस्या तथा शारीरिक कमजोरी जस्ता गम्भीर असर पार्ने चिकित्सकहरूले बताएका छन।
एसपी हेमन्त कुमार सिंहले नशाविरूद्धको अभियानलाई अझ सशक्त बनाइने बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन। उनले भारत–नेपाल सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको र आगामी दिनमा थप कडाइ गरिने जानकारी दिए।