रौतहट, १८ चैत । रौतहट जिल्ला अदालतका एकजना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ पनि गरेको छ ।
अख्तियारको टोलीले अदालतका डिठ्ठा लभकुमार सिंहलाई ५० हजार रुपियाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरी आयोगमा परेपछि विशेष निगरानी गरिरहेका टोलीले डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ।








