पर्सामा भ्रष्टाचार विरुद्ध जेनजी यूथ फोर्स सक्रिय

वीरगंज , १८ चैत्र –

पर्सा जिल्लामा भ्रष्टाचार र अनियमितताविरुद्ध जेनजी यूथ फोर्सको जिल्ला स्तरीय बैठक मंगलबार वीरगंजमा सम्पन्न भयो। बैठकले जिल्लाका विभिन्न पालिका र वडामा भइरहेको भ्रष्ट गतिविधि सार्वजनिक गर्दै संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि कानूनी कारबाहीको माग गर्ने निर्णय गरेको छ।

संगठनका विशेष सदस्य साहले बैठकमा बताएअनुसार अब युवाहरू चुपचाप बस्ने अवस्थामा छैनन्। “पालिकालाई भ्रष्टाचारको आखडा बनाउने प्रयास गर्नेहरूलाई सार्वजनिक गरिनेछ। परिवर्तनका लागि अब सक्रिय कदम चालिन्छ,” उनले स्पष्ट पारे।

बैठकमा संगठनलाई थप सशक्त बनाउने, युवा नेतृत्व विकासमा जोड दिने र युवाहरूको सहभागीता विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। बैठकले टोल, वडा, पालिका, महानगरपालिका र जिल्ला स्तरमा समितिहरू गठन गर्ने निर्णय पनि गरेको जानकारी दिइयो।

यस पहलले पर्सामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने युवा नेतृत्वको भूमिका बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः