वीरगंज चिनी मिल पुन: सञ्चालन गर्न माग

वीरगंज , १८ चैत्र –

लामो समयदेखि बन्द रहेको वीरगंज चिनी मिल पून : सञ्चालनको लागी माग गरिएको छ । पर्सा व्यवसायी प्रदीप जैसवाल , कानुनका विद्यार्थी अर्जुन साह र राजन पटेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै चिनी मिल सञ्चालनको लागी माग गरेका हुन् ।

उनीहरुले चिनी मिल बन्द हुँदा उखु किसान, मजदुर र क्षेत्रीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव परेको उनीहरुले औंल्याइका छन ।

ज्ञापनपत्रमा उच्चस्तरीय अध्ययन समिति गठन गरी मिलको अवस्था, सम्भाव्यता र चुनौतीहरूको विश्लेषण गर्न, उद्योग सञ्चालनका लागि लगानी र प्रविधिको खाका तयार गर्न, उखु किसानको हित सुनिश्चित गर्ने नीति ल्याउन, सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडल वा अन्य विकल्पको खोजी गर्न र क्षेत्रीय रोजगारी र आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने प्रमुख मागहरू समावेश गरेका छन्।

चिनी मिल पुनः सञ्चालनमा आउदा अर्थतन्त्रमा सुधार हुने र कृषक तथा श्रमिकको जीवनस्तर उकास्न मद्दत पुग्नेछ उनीहरुले उल्लेख गरेका छन ।

सम्बन्धित पोस्टहरुः