काठमाडौं, १८ चैत । पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा क्षेत्र नं. १ सँग जोडिएका गम्भीर बिषयहरू उठान गरेका छन् ।
मधेस प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाहबीच प्रधानमन्त्रीको कार्यालय सिंह दरवारमा बुधवार भएको भेटघाटको क्रममा सांसद पन्तले यी गम्भीर बिषयहरू उठान गरेका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग उनले विशेष गरी सिर्सिया नदी प्रदुषण हटाउन अधिकारसम्पन्न समिति गठन गरी समयसीमा तोकेर समस्याको समाधान अबको सरकारको काम भएको बताए । सांसद पन्तले किसानलाइ चाहिएको समयमा चाहिने जति मलखाद कुनै पनि हालतमा सरकारले उपलब्ध गराउनु पर्ने समेत माग गरे ।
सांसद पन्तले वीरगंजका क्यासिनो हरूको बिषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराउँदै वीरगंजका प्रायः क्यासिनोहरूले नेपालीहरूलाई अबैध रूपमा प्रबेश गराएर धेरैजना वीरगंज बासीहरूको बिल्लीबाट बनाउदा समेत प्रहरी र प्रशासन मुकदर्शक भएर बसेको आरोप समेत लगाए ।
भेटको क्रममा उनले वीरगंज महानगरको प्रसङ्ग झिक्दै महानगरले ठाउँ–ठाउँमा ढाँट राखेर अबैध अशुली गरिरहेको र यो बिषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भन्दा सिडियोले एसपीलाई भन्न र एसपीले सिडियोलाइ भन्न भनेको प्रसङ्ग समेत प्रधानमन्त्री बालेद्र साहलाई सुनाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले यस बिषयमा अहिले नै प्रहरी महानिरीक्ष्Fक र गृह सचिवलाई निर्देशन दिने बताए । प्रधानमन्त्री बालेद्र शाहले जनप्रतिनिधिले भनेका जायज कुराहरू जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले नसुन्ने कुरै नहुने समेत बताए । भेटको क्रममा श्रममन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मधेस प्रदेशका सांसदहरूको उपस्थिति थियो ।









