वीरगंज । भुमाफियाको चंगुलमा रहेको वीरगंज महानगरपालिकाको छपकैया पोखरी पर्सा जिल्ला जिल्ला अदालतले पुनः सार्वजनिक ठहर गरेको छ ।
अर्बौ मूल्य बराबरको उक्त जग्गा सम्बन्धी निर्णय मंगलवार पर्सा जिल्ला अदालतले सुनवाई गर्दै पुनः सार्वजनिक गरेको हो ।
माननीय न्यायाधीश माधव प्रसाद घिमिरेले उक्त जग्गालाई पुनः सार्वजनिक भएको फैसला गर्नुभएको हो ।
राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पती संरक्षण अभियानका जफर अन्सारीले जानकारी गराएका छन् ।








