search

स्व.पत्रकार सर्राफको परिवारलाई पाँच लाख सहयोग,अक्षयकोषमा १० लाख

पढ्न छुटाउनुभयो ?

वीरगंज
स्व. पत्रकार नरेश सर्राफको परिवारलाई वीरगंज महानगरले पाँच लाख सहयोग गरेको छ । स्व.पत्रकारकी ७ बर्षिया छोरी श्रेया सर्राफको अध्ययन र भरणपोषणको लागि वीरगंज महानगरपालिकाले ५ लाख रुपैया नगदको चेक मार्फत सहयोग गरेको छ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले घोषणा गरे अनुरुप ५ लाखको चेक स्व. सर्राफको छोरीलाई हस्तान्तरण गरिएको हो । महानगरका प्रमुख राजेशमान सिंह र पर्सा १ का प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री प्रदीप यादवले सो चेक श्रेया सर्राफलाई हस्तान्तरण गरेका थिए । महागर प्रमुख सिंहको कार्यकक्षमा हस्तान्तरण गरिएको चेक बैकमा फिक्स डिपोजिट गरिनेगरी प्रदान गरिएको वीरगंजका मेयर सिंहको प्रेस सल्लाहकार महेश दासले बताए ।

त्यसैगरी महानगरले आजै स्व. सर्राफको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा १० लाख रुपैया सहयोग गरेको छ । कोषको लागि छुटयाइएको रकमको चेक मेयर राजेशमान सिंहको कार्यकक्षमा संघिय सांसद प्रदिप यादवले नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा,नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजिव मिश्रा,मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे एवं प्रेस सल्लाहकार महेश दास,समाजवादी प्रेस संगठन नेपाल पर्सा एवं रेडियो बीरगन्ज ९९ मेगाहर्जले सयुक्त रुपमा आयोजना गरेको स्व. सर्राफको शोकसभामा मेयर सिंहले सो रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads