अर्थमन्त्री स्वर्णिम वाग्ले भोली वीरगंज भ्रमण गर्ने

वीरगंज, २० चैत्र –

सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भोली शुक्रबार वीरगञ्ज भ्रमण गर्न आउने भएका छन्। अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्ले बिहानको जहाजमार्फत सिमरा विमानस्थल पुग्ने र त्यसपछि विभिन्न स्थलको अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ।

भ्रमणको मुख्य उद्देश्य वीरगञ्ज भन्सार कार्यालय अन्तर्गतको आइसीपी र सिर्सिया सुख्खा बन्दरगाहको निरीक्षण गर्नु हो। यस क्रममा उनले क्षेत्रको व्यापारिक अवस्था, राजस्व सङ्कलन स्थिति, सेवा प्रवाहमा देखिएका समस्या तथा निजी क्षेत्रले भोगिरहेका चुनौतीबारे जानकारी लिने छन्।

मन्त्री वाग्ले कर्मचारी र स्थानीय उद्योगी व्यवसायीसँग भेटघाट गरी राय सुझाव लिने कार्यक्रममा सहभागी हुने छन्। अर्थ मन्त्रालयले यस भ्रमणलाई व्यापारिक वातावरण सुधार र राजस्व सङ्कलन प्रक्रियामा पारदर्शिता र प्रभावकारिता बढाउने महत्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः