आजदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु

वीरगंज , २२ चैत्र –

निर्वाचन आयोग नेपाल ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजदेखि पुनः सञ्चालन गरेको छ। आयोगको चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले त्यसमा रहेको विवरण प्रविष्ट गरी अनलाइनमार्फत पनि नाम दर्ता गर्न सक्नेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ।

मतदाता नामावलीमा नाम दर्ता प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट पनि गर्न सकिने आयोगले जनाएको छ। गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए।

सम्बन्धित पोस्टहरुः