search

spot_img
spot_img

ड्राइपोर्ट भन्सारद्वारा ४२ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ६२.८८ प्रतिशत

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–२५ श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट)ले गत आव २०७९÷८० को १२ महीनामा लक्ष्यको ६२.८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । यस भन्सार कार्यालयले १२ महीनामा नेपाल सरकारबाट ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व लक्ष्य पाएको थियो । सबैभन्दा बढी साउन महीनामा राजस्व सङ्कलन गरेको छ भने सबैभन्दा कम असारमा राजस्व सङ्कलन भएको देखिएको छ । बन्दरगाह भन्सार कार्यालयले साउनमा चार अर्ब १४ करोड ३८ लाख ७२ हजार लक्ष्य पाएकोमा ८७.३२ प्रतिशत अर्थात् तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार, भदौमा पाँच अर्ब ३८क रोड ६१ लाख ३० हजार लक्ष्य पाएकोमा ७३.९६ प्रतिशत अर्थात् तीन अर्ब ९८ करोड ३७ लाख ३२ हजार, असोजमा पाँच अर्ब ७५ करोड ६० लाख ६१ हजार राजस्व लक्ष्य पाएकोमा ५८.३३ प्रतिशत तीन अर्ब ३५ करोड ७६ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ ।
यसैगरी कात्तिकमा पाँच अर्ब ३९ करोड, ५९ लाख ७५ हजार लक्ष्य पाएकोमा ६७.७२ प्रतिशत अर्थात् तीन अर्ब ६५ करोड ४० लाख २२ हजार, मङ्सिरमा पाँच अर्ब ५१ करोड ४२ लाख ३८ हजार लक्ष्य पाएकोमा ६४.९३ प्रतिशत अर्थात् तीन अर्ब ५८ करोड पाँच लाख ७१ हजार राजस्व सङ्कलन भएको छ भने पुसमा पाँच अर्ब ८३ करोड ७५ लाख ५१ हजार लक्ष्य पाएकोमा सो भन्सार कार्यालयले ५६.९३ प्रतिशत अर्थात् तीन अर्ब ३२ करोड ३५ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ । साथै माघमा पाँच अर्ब ८० करोड २३ लाख ९९ हजार लक्ष्य पाएकोमा ६३.५४ प्रतिशत अर्थात् तीन अर्ब ६८ करोड ७० लाख ५६ हजार राजस्व सङ्कलन भएको बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत सन्तोष न्यौपानेले जानकारी गराए ।
त्यसैगरी फागुन महीनामा उक्त भन्सार कार्यालयले पाँच अर्ब ९९ करोड ७० लाख ३१ हजार राजस्व लक्ष्य पाएकोमा ५७.६५ प्रतिशत तीन अर्ब ४५ करोड ७३ लाख ८५ हजार, चैतमा पाँच अर्ब ५९ करोड ३३ लाख २५ हजार राजस्वलक्ष्य पाएकोमा ५७.६७ प्रतिशत तीन अर्ब २२ करोड ५५ लाख ६९ हजार राजस्व सङ्कलन भएको छ भने वैशाखमा पाँच अर्ब ८६ करोड ४४ लाख २५ हजार लक्ष्य पाएकोमा ५५.७५ प्रतिशत अर्थात् तीन अर्ब २६ करोड ९२ लाख ३४ हजार राजस्व सङ्कलन भएको छ ।
यसैगरी, जेठ महीनामा छ अर्ब २३ करोड ८५ लाख ६६ हजार लक्ष्य पाएकोमा ६८.९६ प्रतिशत अर्थात् चार अर्ब ३० करोड २२ लाख चार हजार राजस्व सङ्कलन भएको थियो भने गत असारमा पाँच अर्ब ९० करोड ९१ लाख २१ हजार लक्ष्य पाएकोमा ४९.८० प्रतिशत अर्थात् दुई अर्ब ९४ करोड २८ लाख १९ हजार राजस्व सङ्कलन भएको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कर अधिकृत रामप्रसाद मैनालीले बताए । आर्थिक मन्दीका कारण आयात सङ्कुचित भएपछि राजस्व सङ्कलन प्रभावित भएको भन्सार अधिकारीहरुको विश्लेषण छ ।

 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads