विश्व बैंक र एडीबीबाट साढे १८ करोड डलर सहुलियत ऋण स्वीकार्ने

वीरगंज, २२ चैत –

सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट र दीगो वित्त परियोजनाका लागि विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट कुल साढे १८ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने तथा दीगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन डलर ऋण सुविधा स्वीकार गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को उक्त निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः