वीरगंज, २२ चैत –
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा स्पोर्ट्स वीक २०८२ अन्तर्गत उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक शहनवाज अन्सारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा खेलकुदले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा सहयोग गर्ने उल्लेख गरिएको थियो।
उद्घाटन अवसरमा विद्यार्थीहरूले मार्चपास्ट प्रस्तुत गर्नुका साथै विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण खेल पनि आयोजना गरिएको थियो। आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने कलेजले जनाएको छ।









