रेखा शर्मा थुनामुक्त, हिरासतबाहिरै अनुसन्धान गर्ने आदेश

वीरगंज, २२ चैत –

काठमाण्डौ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेशकी पूर्वसांसद रेखा शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ।

अदालतले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै उनलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो। शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनले प्रमाण अभावमा मुद्दा नचलाउने निर्णय गरिसकेको तथा सो निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरेको आधारमा अदालतले थुनामा राख्न आवश्यक नभएको निष्कर्ष निकालेको हो।

सम्बन्धित पोस्टहरुः