प्रतिनिधिसभाको नयाँ नियमावली तयार पार्न मस्यौदा समिति गठन

काठमाडौं, २३ चैत –

प्रतिनिधिसभाले नयाँ नियमावली तयार पार्न मस्यौदा समिति गठन गरेको छ। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको सभापतित्वमा समिति गठन गरिएको हो।

समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुश्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने र सुलभ खरेल सदस्य रहेका छन्।

समितिले सभामुखको निर्देशनमा कार्यविधि तयार पार्नेछ र आवश्यक परे विशेषज्ञको सहयोग लिन सक्नेछ। समितिको कार्यावधि १४ दिन तोकिएको छ।

यसैगरी, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू मनोनयन गर्नुभएको छ। उक्त समितिमा डा. अच्युतम् लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गङ्गालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निषा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन्।

सम्बन्धित पोस्टहरुः