महावीर पुनको एजेन्डाप्रति सरकारले सम्बोधन गर्ने

वीरगंज, २३ चैत । प्रतिनिधिसभा सदस्य महावीर पुनले उठाउँदै आएको पुराना डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय (ईभी) मा रूपान्तरण गर्ने एजेन्डाप्रति सरकारले सम्बोधन गर्ने निर्णय गरेको छ।

सरकारले यस्तो रूपान्तरणलाई व्यवस्थित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्ने तयारी गरेको जनाएको छ। यस कदमले वातावरणमैत्री प्रविधिको प्रवद्र्धन, इन्धनमा हुने आयात निर्भरता घटाउने तथा दिगो यातायात प्रणाली विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। महावीर पुनले लामो समयदेखि पुराना सवारीसाधनलाई ईभीमा रूपान्तरण गरी ऊर्जा बचत तथा प्रदूषण नियन्त्रणमा योगदान पुर्याउनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन। सरकारी निर्णयसँगै अब यस अवधारणालाई व्यवहारमा उतार्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

यस योजनाबाट विशेषगरी पुराना सवारी प्रयोगकर्ताहरूलाई राहत मिल्नुका साथै स्वदेशमै प्रविधि विकास र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने आँकलन गरिएको छ।

सम्बन्धित पोस्टहरुः