वीरगंज, २३ चैत । इलाका प्रहरी कार्यालय पोखरियाले ५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
सोमवार विहान करिब ७ बजे पर्साको सखुवाप्रसौनी गाउँँपालिका वडा नं. ५ महुवन बजारस्थित सडकखण्डमा चेकजाँचका क्रममा सखुवाप्रसौनी गाउँँपालिका–५ निवासी ३९ वर्षीय मोहिचन यादव र पर्सागढी नगरपालिका–९ निवासी ४० वर्षीय बैजनाथ यादवलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको शरीर खानतलासी गर्दा पेट र पिठ्यु भागमा सेतो टेपले टाँसी रातो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा ५ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी गराएका छन् ।








