मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

वीरगंज, २४ चैत –

राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ।

आयोगका मधेस प्रदेश प्रमुख बुद्धनारायण सहनीले जनकपुरधाममा आयोजित कार्यक्रममा संविधानको धारा २९४ (३) अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानवअधिकार संरक्षण राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै प्रतिवेदनमा उठाइएका विषयहरूको गम्भीर अध्ययन गरिने बताए। उनले मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिवेदनमा मधेस प्रदेशको मानवअधिकार अवस्था, चुनौती र सुधारका लागि सुझाव समेटिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः