इरानद्वारा ४५ दिने युद्धविराम प्रस्ताव अस्वीकार

वीरगंज, २४ चैत –

इरानले अमेरिकासँगको ४५ दिने युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ। इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको प्रस्तावमा हर्मुज जलमार्ग खोल्ने र अस्थायी युद्धविराम गर्ने उल्लेख थियो।

तर इरानले यस्तो प्रस्तावले आफ्नो विरुद्ध युद्ध तयारी गर्न सघाउने आशंका व्यक्त गर्दै अस्वीकार गरेको हो। अमेरिकी पक्षले पनि प्रस्तावमा स्पष्ट सहमति जनाएको छैन।

इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूतमार्फत प्रस्ताव आदान–प्रदान भए पनि दुवै पक्षबीचको अविश्वासका कारण सहमति हुन सकेको छैन।

यसअघि अमेरिकी राष्ट्रपतिले हर्मुज जलमार्ग खोल्न चेतावनी दिएका थिए, जसलाई इरानले अस्वीकार गरेको छ। मध्यस्थकर्ताहरूले तयार पारेको योजनालाई ‘इस्लामावाद सम्झौता’ नाम दिइएको छ।

सम्बन्धित पोस्टहरुः