पूर्वपत्नीको जाहेरीपछि सञ्चारकर्मी तिमल्सिना पक्राउ

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन्। पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल उषा खड्गीले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी परिषर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।

उषाले सोमबार जीपीविरुद्ध जाहेरी दिएकी थिइन्। उषा खड्गीले तिमिल्सिनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएकी थिइन्।

केही दिनअघि खड्गीले सामाजिक सञ्जालमार्फत पूर्वपतिविरुद्ध अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन्। उषा र जीपीको सबन्धविच्छेद भइसकेको छ।

सम्बन्धित पोस्टहरुः