प्रधानमन्त्री शाहले विदेशी राजदूतसँग सामूहिक भेट गर्दै

वीरगंज, २५ चैत –

प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट तथा संवाद गर्ने भएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालको सहभागितामा हुने उक्त भेटघाटमा विभिन्न देशका कूटनीतिज्ञहरूसँग समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीका सल्लाहकार असिम शाहका अनुसार यस पहलले कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः