पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज, २५ चैत –

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान अन्तर्गत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि कारबाही अघि बढाएको हो। उच्च स्रोतका अनुसार अदालतले अनुमति दिएको भए पनि दम्पती विदेशमा रहेका कारण हालसम्म पक्राउ गर्न सकिएको छैन।

सूचनाअनुसार, देउवा दम्पती १३ फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको र त्यसपछि हङकङतर्फको यात्रा गरेको समाचार सार्वजनिक भइसकेको छ।

गत जेनजी आन्दोलनपछि शेरबहादुर देउवा र उनकी पत्नीमाथि कुटपिट भएको थियो भने बुढानीलकण्ठस्थित घरमा आगजनी हुँदा जलेका पैसाका नोट फेला परेको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो। अहिले यो अनुसन्धान सीआईबीले सम्हालिरहेको छ।

सम्बन्धित पोस्टहरुः