वीरगंज, २५ चैत –
सुनको भाउ आज बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन ७ हजार २०० रुपैयाँले बढेको हो।
हिजो सुनको भाउ ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी, चाँदीको भाउ पनि बढेर तोलाको ५ हजार २५ रुपैयाँ कायम भएको छ, जसमा २०५ रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ।









