तमिम इकबाल बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नियुक्त

वीरगंज, २५ चैत –

बङ्गलादेश सरकारले पूर्वकप्तान तमिम इकबाललाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को नयाँ अध्यक्ष नियुक्त गरेको छ।

सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै ३७ वर्षीय इकबाललाई उक्त जिम्मेवारी दिएको हो। गत वर्ष अक्टोबरमा सम्पन्न बोर्ड निर्वाचनमा धाँधली र अनियमितता भएको उजुरीपछि पुरानो समिति हटाइएको जनाइएको छ।

तमिम इकबाल बीसीबी इतिहासकै सबैभन्दा कान्छा अध्यक्ष बनेका छन्। उनले ११ सदस्यीय तदर्थ समितिको नेतृत्व गर्नेछन्, जसमा पूर्वकप्तान मिन्हजुल आबेदिन र पूर्वक्रिकेटर अतहर अली खान समेत रहेका छन्।

समितिलाई तीन महिनाभित्र नयाँ निर्वाचन गराउने जिम्मेवारी दिइएको छ। तमिम इकबाल बङ्गलादेशका प्रमुख क्रिकेटरमध्ये एक मानिन्छन्, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट, एकदिवसीय र टी–२० गरी उल्लेखनीय योगदान दिएका छन्।

सम्बन्धित पोस्टहरुः