उपसभामुख पदमा दुई उम्मेदवार, ठाकुरलाई बहुमतको साथ

वीरगंज, २६ चैत –

प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्धारित समयसीमाभित्र दर्ता भएका यी उम्मेदवारीसँगै उपसभामुख चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। दुवै उम्मेदवार समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

यसअघि सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ।

उपसभामुखको निर्वाचन भोलि हुने तय भएको छ। यसबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएपछि उनको जित सम्भावित देखिएको छ।

सम्बन्धित पोस्टहरुः