प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

वीरगंज, २६ चैत –

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिशअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउनुभएको छ।

रास्वपाले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको घटनालाई पार्टीको छवि, आदर्श र मर्यादामा असर पुर्‍याउने ठहर गर्दै अनुशासन आयोगमार्फत सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिश गरेको थियो।

पार्टी विधान अनुसार यस्तो अवस्थामा सभापतिले जिम्मेवार व्यक्तिलाई पदबाट फिर्ता बोलाउन सक्ने व्यवस्था रहेको र यसै आधारमा प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गर्नुभएको हो।

यस्तै, गम्भीर जिम्मेवारीमा अपेक्षित सतर्कता नदेखिएको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउनुभएको छ।

सम्बन्धित पोस्टहरुः