वडा नं. ८ को नयाँ भवन उद्घाटन, सेवा प्रवाह सहज हुने अपेक्षा

वीरगंज, २७ चैत –

वीरगंज महानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच भवन उद्घाटन गर्नुभएको हो।

आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी निर्माण सुरु गरिएको भवन एसडी कन्स्ट्रक्सनले करिब ७९ लाख रुपैयाँ लागतमा सम्पन्न गरेको हो। दुई तले पक्की संरचनामा बनेको भवन सञ्चालनमा आएपछि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको छ।

यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले असुविधा भोग्दै आएका थिए। नयाँ भवन सञ्चालनसँगै सेवा प्रवाह व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः